Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

कर्णाली राजमार्गमा पहिरो, ठूला सवारीसाधन सञ्चालनमा रोक

२० शुक्रबार , असार २०८२४ महिना अगाडि

कर्णाली राजमार्गमा पहिरो, ठूला सवारीसाधन सञ्चालनमा रोक

कर्णाली राजमार्गमा पहिरो गएर सडक अवरुद्ध भएपछी ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका-६, गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

आज बिहान कर्णाली राजमार्गअन्तर्गत गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताइएको छ ।

अविरल वर्षाका कारण राजमार्गमा पहिरो गएर सडक अवरुद्ध भएकाले यात्रा गर्दा अत्यन्त जोखिम हुने भएको कारण आवश्यक सजगता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ ।