
धनुषामा हिँजो साँझ सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा तस्करीको समान भित्र्याएर आँप बगैंचामा राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली त्यहाँ पुग्दा भिडन्त भएको थियो ।
सशस्त्र प्रहरीको ३० जनाको टोली त्यहाँ पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्का अनुसार तस्करीले सशस्त्र प्रहरीको टोली माथि आक्रमण गरेको थियो ।
उक्त भिडन्तमा ६ जना सशस्त्र प्रहरी घाइते भएको र उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीका अनुसार स्थितिलाई नियन्त्रणमा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको बताईएको छ ।