Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

जिन्दगीका नौ रङ्गी कथाहरु

२२ आइतबार , असार २०८२एक बर्ष अगाडि

जिन्दगीका नौ रङ्गी कथाहरु

२०८२ असार १६, काठमाडौं । 
साहित्यिक पत्रकार संघले क्यालगरी, क्यानडामा बसोबास गर्दै आउनु भएका साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको नविनतम् कथाकृति जिन्दगीका नौ रङ्गी कथाहरु आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पण गर्‍यो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईं, साहित्यकारहरु प्रा. डा. हेमनाथ पौडेल, कृष्ण प्रसाईं, गोपीकृष्ण प्रसाईं, सिर्जना शर्माले कृतिको लोकार्पण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि के. सी. ले आफू कृतिकार प्रसाईंको सहपाठी रहेको बताउँदै शुभकामना मन्तव्य राख्नु भयो भने संघका अध्यक्ष लेकालीले कृतिकारको समग्र परिचयसहित साहित्यिक योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रा।डा। पौडेलले  कृतिको समीक्षा गर्दै प्रसाईंका कथामा डायस्पोरिक चेतनको अभिव्यक्ति रहेको बताउनु भयो ।

कार्यक्रममा राजनीतिज्ञ एवं लेखक दीर्घराज प्रसाईं, पूर्व राजदूत प्रल्हादकुमार प्रसाईंले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कृतिकार प्रसाईंले लेखकीय मन्तव्य राख्दै धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रममा संघले कृतिकार प्रसाईंलाई सम्मान पनि गरेको थियो ।

कार्यक्रममा साहित्यकारहरु डी। आर राई, तेजेन्द्र प्रसाईं, मीना ओली, सुमित्रा प्रसाईं, शिशिर उप्रेती, राजेन्द्र सिटौला, रवीन्द्र सिटौलालगायतको उपस्थिति रहेको थियो ।