
भेजपुरमा एकजनाले श्रीमतीसहित सासु, ससुरा र सालाेकाे हत्या गरेकाे छन् । भोजपुरको रामप्रसादराई गाँउपालिका-२, धोर्लेखानीमा भोजपुर नगरपालिका-२, घर भएका राजेन्द्र राईले श्रीमतीसहित सासूससुरा र सालोको हत्या गरेका हुन् ।
राईले ससुरा वेलबहादुर गिरी, सासू मञ्जु गिरी, श्रीमती मनिषा र सालो सपन गिरीको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जनाएका छन् । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार राति साढे १२ बजेतिर घरायसी झगडाका क्रममा ससुरालीका सदस्यहरूले आफू माथि प्रहार गरेपछि आफूले प्रतिकार गर्दा उक्त घटना भएको राजेन्द्रले प्रारम्भिक बयान दिएको बताइएकाे छ ।
राजेन्द्र राईको पेटलगायत शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट लागको र अहिले जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जनाइएको छ । घट्नाबारे प्रहरीको टोलीले थप अनुसरन्धान गरिरहेको पनि प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।