Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

अवरुद्ध नाला-भक्तपुर सडक सञ्चालनमा

२२ आइतबार , असार २०८२२० घण्टा अगाडि

अवरुद्ध नाला-भक्तपुर सडक सञ्चालनमा

असार २० गते शुक्रबार राति पुल भाँचिएपछि अवरूद्ध भएकाे नाला-भक्तपुर सडकखण्डमा आज बिहानदेखि सञ्चालनमा आएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमामा रहेको पुल शुक्रबार राति भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।

अहिले भाँचिएको पुल अस्थायी रूपमा बनाएर अवरुद्ध सडकखण्ड खुलेपछि यातायात सञ्चालनमा आएको हाे । गएराति छवटा ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरिएसँगै यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।

बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको र आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जनाएका छन् ।

यसअघि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।

गत शुक्रबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि २०३७ सालमा निर्मित पुल भाँचिएकाे थियाे । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो ।