
बालबालिकाका मनोरञ्जन र सिर्जनात्मक विकासमा केन्द्रित अनलाइन बालसंसार डटकमले ‘माछा खोलीमा’ गीत सार्वजनिक गरेको छ । गीतमा बालगायक अभय दुवाडीको स्वर रहेकाे छ ।
गीतमा संगीत संयोजन रमेश सुवेदीले गरेका हुन्। सुवेदीको संगीतले गीतलाई बालबालिकाका लागि आकर्षक छन् । गीतमा ललिता दोषीका शब्द छन् । बालबालिकाको जिज्ञासा, रमाइलोपन र प्रकृतिप्रतिको नजिकपनलाई सरल भाषामा गीतमा उतारिएको छ ।
‘माछा खोलीमा’ शीर्षक नै गीतको कथा बताउने खालको छ, जसमा खोली, माछा, पानी र खेलकुदलाई जोड्दै बालबालिकालाई प्रकृतिसँग घुलमिल हुने प्रेरणा दिन खोजिएको छ । गीतको रेकर्डिङ सारेगम म्युजिक सेन्टर रेकर्डिङ स्टुडियो भक्तपुरमा गरिएको हो ।
गीत रचनाकार दोषीका अनुसार ‘माछा खोलीमा’ गीतले बालबालिकालाई गीतसङ्गीतमार्फत रमाइलो गर्ने अवसर दिनुका साथै उनीहरूको कल्पनाशक्ति र भाषिक विकासमा सहयोग पुर्याउनेछ ।
यस गीतलाई बालसंसारको वेबसाइट र विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न र हेर्न सकिनेछ ।