Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

Image

निर्मल निवासतिर जनताको अपार भीड

राजन कार्की

२३ सोमबार , असार २०८२एक दिन अगाडि

निर्मल निवासतिर जनताको अपार भीड

असार २३ गते । आज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको ७९औं जन्मोत्सवको शुभ दिन । आजको जन्मोत्सव विशेष र भव्य हुने भएको छ । जन्मोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । सर्वसाधारणको अपार भीडले पूर्वराजाको सुस्वास्थ्य र दीर्घायुको कामनामात्र गर्ने छैनन्, राजा आउ देश बचाउ भनेर नारा लगाउनेछन् । गगनभेदी नाराले गणतन्त्रमाथि धावा बोल्ने अनुमान गरिएको छ ।
पूर्वराजाको सचिवालयले विज्ञप्ति जारी गरी इच्छुक नागरिकहरुलाई समय नै सहभागी हुन आग्रह गरेको छ । यसअघिका वर्षहरुमा विशेष परिस्थितिका कारणले पूर्वराजाबाट कुनै जन्मोत्सव नमनाउने निर्णय भए पनि यसपालि भने त्यस्तो कुनै विपद् वा अप्ठेरो नपरेका कारणले गर्दा जन्मोत्सव भव्यरुपले मनाउने निर्णय गरिएको हो । राजनीतिक परिस्थिति तरल रहेको र आमनागरिकले राजा खोजिरहेका बेलामा यो जन्मोत्सव परेकाले पनि विशेष मानिएको छ ।
यो जन्मोत्सवको रिपोर्टिङगर्न देश विदेशबाट सञ्चारकर्मीहरुको भीड काठमाडौं आएको विहानैदेखि निर्मल निवास र पार्टीहरुको धारणा बुझ्न सकृय रहेको देखिएको छ ।
निर्मल निवासका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहने पनि जनाइएको छ । तर जनताको भीड उर्लियो भने यो भीडलाई समयले रोक्नसक्ने देखिदैन । यतिबेला विहानको ८.४५ बजेको छ । अहिले नै निर्मल निवासदेखि महाराजगञ्जसम्म जनताको भीड उर्लिन थालिसकेको देखिन्छ ।