Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

काम गरिरहेका मजदुरको करेण्ट लागेर मृत्यु

२३ सोमबार , असार २०८२एक दिन अगाडि

काम गरिरहेका मजदुरको करेण्ट लागेर मृत्यु

महाेत्तरीमा काम गरिरहेका मजदुरकाे करेण्ट लागेर मृत्यु भएको छ । महोत्तरीको औरही नगरपालिका–७, मा कृषि सडकमा कल्भर्ट निर्माण गरिरहेका मजदुरको करेण्ट लागेर मृत्यु भएको हाे ।

हिजो साँझ रामगोपालपुर–५, बस्ने ३२ वर्षीय मजदुर छटु मुखियाको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार कल्भर्ट निर्माण गर्दै गरेका मजदुर छटुको शरीरमा बिजुलीको तार चुँडिएर खस्दा करेण्ट लागेको बताइएकाे छ ।

बिजुलीको तार चुँडिएर करेण्ट लागेपछि पीडित परिवार र स्थानीयवासीले विद्युत् प्राधिकरणको लापरबाहीको कारण घटना भएको आरोप लगाएका छन् ।