Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

कृषि कर्जालाई सरल बनाउन कृषिमन्त्रीको आग्रह

२३ सोमबार , असार २०८२एक बर्ष अगाडि

कृषि कर्जालाई सरल बनाउन कृषिमन्त्रीको आग्रह

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल राष्ट्र बैकसँग कृषि कर्जालाई सरल बनाउन आग्रह गरेका छन् । हिँजो केन्द्रीय बैकका गर्भनर डा विश्वनाथ पौडेलसँग भएको छलफलमा मन्त्री अधिकारीले उक्त आग्रह गरेका हुन् ।

मन्त्री अधिकारीले साना किसानले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधान आवश्यक रहेको बताउदै उक्त आग्रह गरेको बताइएको छ । मन्त्री अधिकारीले कसैले ऋण नपाउने र पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिंदै सरकारी स्वामित्वका बैंकहरूले पनि कृषि कर्जा बढाउनुपर्नेमा जोड दिएका छन् ।

यता नेपाल राष्ट्र बैंकका गर्भनर पौडेलले कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भ आफ्नो पनि चासोको विषय भएको बताउदै किसानलाई व्यावसायिक नबनाएसम्म कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने तर्क गरेका थिए ।

हालै विभिन्न जिल्लामा जाँदा माटो खेलाउनेले कृषि ऋण नपाउने, र कागज खेलाउनेले पाउने गरेको गुनासो सुनेको समेत गर्भनर पौडेलको भनाई रहेको थियो ।