Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

विभिन्न ४ निर्माण कम्पनीलाई कालोसूचीमा

२३ सोमबार , असार २०८२एक दिन अगाडि

विभिन्न ४ निर्माण कम्पनीलाई कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको ४ निर्माण कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

सूचनाअनुसार कालोसूचीमा राखिएको ४ निर्माण कम्पनीहरुमा ग्रीन लिफ प्रालि,  शिवम् कन्स्ट्रक्सन,  डि.जी. इगल कन्स्ट्रक्सन र थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.रहेका छन् । उक्त निर्माण कम्पनीहरु विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरि कालोसूचीमा राखिएको बताइएको छ ।

कालो सूचीमा राखिएका ४ वटै कम्पनीले एक वर्षका लागि कुनै पनि सार्वजनिक खरिद कारवाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएको छ ।