Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

रसुवामा भिषण बाढी, १५ जना बेपत्ता

२४ मंगलबार , असार २०८२८ घण्टा अगाडि

रसुवामा भिषण बाढी, १५ जना बेपत्ता

रसुवाको भोटेकोशी र स्थानीय ल्हेन्दे खोलामा आएको भिषण बाढीमा परि १५ जना बेपत्ता भएका छन् । आज बिहानैदेखि आएकाे बाढीमा परी १५ जना बेपत्ता भएका हुन् ।

बाढीले चीन जोड्ने मितेरी पुलसहित भन्सार क्षेत्रमा राखिएका विद्युतीय गाडी र कन्टेनरहरु समेत बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जनाएका छन् । बाढीमा परि स्थानीय रसुवागढी जलविद्युत परियोजनाका कर्मचारी र भन्सार क्षेत्रमा रहेका मानिस बेपत्ता भएकाे बताइएकाे छ ।

बाढीले स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा क्षति पुर्‍याएकाे छ भने ३ जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना ड्राइभर बेपत्ता बनाएकाे छ ।

अहिले पनि नुवाकोट र रसुवातर्फ भारी वर्षा भएका कारण त्रिशुली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले सबैमा आग्रह गरेकाे छ ।