Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

रसुवाको भिषण बाढीपछि चितवनमा सतर्क रहन आग्रह

२४ मंगलबार , असार २०८२एक बर्ष अगाडि

रसुवाको भिषण बाढीपछि चितवनमा सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली तथा नारायणी नदी तटीय क्षेत्रका बसोबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

रसुवा र नुवाकोटमा भीषण बाढी आएसँगै जिल्लाको त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्नसक्ने सम्भावना रहेको जनाउँदै सिडियो कार्यालयले माछा मार्ने, दाउरा संकलन, बालुवा झिक्नेजस्ता काम नगर्न र नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘रसुवाको माथिल्लो भेगमा पहिरोको कारणले नदी थुनिएर रहेको अवस्था पनि बुझिएको हुँदा रोकिएको ठाउँ खुली त्रिशुली नदी तथा नारायणी नदी किनारमा जोखिम हुनसक्ने देखिएकोले अर्को सूचना जारी नभएसम्म थप सतर्कता र सावधानी अपनाउनुहुन अनुरोध गरिन्छ ।’

साथै, बाढी, पहिरो वा अन्य क्षतिको जोखिम देखिएमा तुरुन्तै नजिकैको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल नम्बर १०० वा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको मोबाइल नम्बर ९८४४२०८८८८ मा जानकारी गराउन भनिएको छ ।

छिमेक चीनको तिब्बतमा परेको अविरल वर्षाका कारण आज बिहान भोटेकोशी खोलामा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुगेको छ ।