
जनकपुरमा पोखरीमा नुहाउने क्रममा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगर-१६, कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको हो ।
पोखरीमा डुबेर कपिलेश्वरका शम्भु राउतकी ४ वर्षीया आरोही कुमारी राउत र ३ वर्षीया मैथिली कुमारी राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहानको समयमा गाउँ नजिकै रहेको पोखरीमा दिदीबहिनीको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
नुहाउने क्रममा पोखरीको गहिरो पानीमा फसेपछि उनीहरूलाई बचाउन प्रयास गरिए पनि बचाउन नसकिएको र उद्धारका लागि बोलाइएको टोलीले पोखरीबाट निकाल्दा दुवैको अवस्था गम्भीर रहेकोमा अस्पतालमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।
प्रहरीले पोखरी नजिक सुरक्षा उपाय अपनाउन र यस्ता घटनाबाट बच्न सजग रहन स्थानीयलाई आग्रह गर्दै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अगाडि बढाएको बताइएको छ ।