Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

३५ लाख पुरस्कार र फिल्ममा अवसर सहित ‘एक्टिङ स्टार’

२५ बुधबार , असार २०८२९ महिना अगाडि

३५ लाख  पुरस्कार र फिल्ममा अवसर सहित ‘एक्टिङ स्टार’

काठमाडौँ। देशभरका अभिनयप्रेमी युवाहरूमाझ लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ। ३५ लाख नगदसहित फिल्म क्षेत्रमा काम गर्ने अवसर यस प्रतियोगिताको मुख्य आकर्षण बनेको छ।
नेपालका हिमाली, पहाडी, तराई क्षेत्रहरूदेखि भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, मुम्बई र दुबईसम्मबाट हजार भन्दा बढि प्रतिस्पर्धी अडिसनमा सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शनमार्फत छनौट हुँदै हाल २० जना प्रतिस्पर्धी फाइनल चरणमा पुगेका छन्।
जजहरु नीर शाह, अनुप बराल र ऋचा शर्माको निर्णयबाट टप २० चयन गरिएको हो भने अब उत्कृष्ट १५ को छनौट दर्शकको भोटिङमार्फत हुनेछ। भोटिङ खुला भएसँगै दर्शकमाझ शोको उत्साह झन् बढेको देखिएको छ।
नेपालभित्र भोट गर्न चाहने दर्शकले ओएसआर कनेक्ट एप डाउनलोड गरी एक्टिङ स्टार मा क्लिक गरेर मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्छन्। नेपालबाहिर रहेका दर्शकका लागि भने सिनेमाघर एप मार्फत भोटिङ प्रक्रिया उपलब्ध छ।
शोको विजेताले नगद २० लाख रुपैयाँ र नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद पुरस्कार जित्नेछन्।
शोको आयोजना महक मिडिया नेटवर्क ले गरेको हो। अब पहिलो ‘एक्टिङ स्टार’ को उपाधि कसले जित्छ भन्ने कुरा दर्शकको हातमा छ।