Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

माैसम बदलीसँगै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२५ बुधबार , असार २०८२३ दिन अगाडि

माैसम बदलीसँगै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अहिले देशभर मनसुनी वायु सक्रिय रहेकाे र देशकाे अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएकाे छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे हाे ।

महाशाखाले केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्र तथा पहाडी इलाकामा बाढी, पहिरो र गेग्रान बहावको उच्च जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन पनि सबैमा आग्रह गरेको छ । अहिले मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानमा नै रहेकाले जलवाष्पयुक्त हावाको प्रभावले देशभर वर्षाको सम्भावना बढेको हो ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली भएको र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

त्यसैगरि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।