Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बाढीले लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगायाे

२५ बुधबार , असार २०८२४ महिना अगाडि

बाढीले लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगायाे

बागलुङमा आज बिहानको बाढीले लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । बागलुङकाे जैमिनी नगरपालिका–९, पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको हाे ।

बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस र गत वर्ष ३५ लाख लगानिमा निर्माण गरिएको स्टिल पुल समेत बगाएकाे हाे । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति पुर्‍याएकाे बताइएकाे छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय पैञ्युथन्थापका १ सय ३० घरमा बिजुली आपूर्ति समेत बन्द भएको छ ।

त्यसैगर बाढीबाट पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार विस्थापित भएकाे छ भने सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीयले बताएका छन् । बाढीबाट खोला किनारमा लगाइएको धानबालीमा समेत क्षति पुगेकाे छ ।