Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आज गुरु पूर्णिमा, गुरुको सम्मान गरिँदै

२६ बिहिबार , असार २०८२२ महिना अगाडि

आज गुरु पूर्णिमा, गुरुको सम्मान गरिँदै

हरेक वर्ष आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाकाे दिन गुरुकाे सम्मान गरेर मनाइने गरिन्छ । आजकाे दिन गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएर सम्मान गर्ने गरेकाे पाइन्छ ।

गुरुले ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता समेत रहेकाे छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भन्ने प्रचलन रहेकाे छ ।

मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ भने व्रतबन्धका बेला गायत्री मन्त्र दिने, वेद पढाउने निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ । चाणक्यले एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने ऊ पशुभन्दा पनि नीच हुने बताएका छन् ।

ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्या गर्ने ऋषि-महर्षिहरूलाई गुरु मानिएको छ भने ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ । गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरुका रूपमा मान्ने गरेकाे पाइन्छ ।

श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ । दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन् । लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन रहेकाे छ ।