Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेकाको ३ जनाकाे उद्धार

२६ बिहिबार , असार २०८२४ महिना अगाडि

सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेकाको ३ जनाकाे उद्धार

बाँकेमा राप्ती नदीमा फसेकाको ३ जनाकाे सशस्त्र प्रहरीले उद्धार गरेकाे छ । बाँकेको राप्तीसोनारी गाउँपालिका-५, गोरधुईमा गाईबस्तु चराउन जाँदा राप्ती नदीमा फसेका तीनजनाको उद्धार गरेकाे हाे ।

नदीमा फसेका राप्तीसोनारी-५, का ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीको सशस्त्र प्रहरीले उद्धार गरिएको हो । गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासि आएको बाढीको कारण बिच टापुमा फसेका थिए ।

उनिहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शम्शेरगञ्ज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले सकुशल उद्धार गरेको बताइएकाे छ ।