Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पहिरोमा पुरिएका बालकको शव भेटियाे

२७ शुक्रबार , असार २०८२९ महिना अगाडि

पहिरोमा पुरिएका बालकको शव भेटियाे

म्याग्दीमा पहिरोमा पुरिएर बेपत्ता भएका बालकको शव फेला परेकाे छ । म्याग्दीको मालिका गाउँपालिका–३, लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको हाे ।

बुधबार दिउँसो घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव भेटिएको हो । पहिरोमा पुरिएर बेपत्ता भएपछि खाेजिमा लागेका नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जनप्रतिनिधी र स्थानीयवासीको संयुक्त टोलीले बिकको शव फेला पारेकाे हाे ।

बुधबार गएकाे उक्त पहिरोमा परि सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो । घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको प्रहरीले बताएकाे छ ।