Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

छ बुँदे सहमतिसंगै आन्दोलन स्थगित

२७ शुक्रबार , असार २०८२४ महिना अगाडि

छ बुँदे सहमतिसंगै आन्दोलन स्थगित

नेपाल सुनचाँदी व्यवसायी महासंघसँग र सरकारबीच ६ बुँदे सहमति भएसंगै झन्डै एक महिना लामो आन्दोलन स्थगित भएको छ । सरकारसंग सहमति भएर आन्दोलन स्थगितसंगै आजदेखि नचाँदी पसलहरू खुल्ने भएका छन् ।  

हिँजो असार २६ गते बिहिबार अर्थ मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो । आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरिएपछि व्यवसायीहरूले त्यसको बिरुद्ध आन्दोन सुरु गरेका थिए ।

उक्त कर प्रणालीले उपभोक्ता र व्यवसाय दुवैलाई असर पर्ने भन्दै भ्याट फिर्ताको माग गर्दै व्यवसायीहरूले आन्दोलन गर्दै आएका थिए । हिंजोको सहमतिसंगै विरोधका सबै कार्यक्रम स्थगित गरिएकाको र आजदेखि देशभरका सुनचाँदी पसलहरू संचालनमा आउने महासंघले बताएको छ ।