Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

देउखुरीको माटो कवितासङ्ग्रह

२८ शनिबार , असार २०८२९ महिना अगाडि

देउखुरीको माटो कवितासङ्ग्रह

दाङ ,२७ असार, राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९६औँ श्रृङ्खलामा साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित देउखुरीको माटो कविता सङ्ग्रहको  घोराहीमा समीक्षा  गरिएको छ। 
परिषदका जिल्ला अध्यक्ष यम
रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् लोकसंस्कृति विद् डा. गोविन्द आचार्य प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आदित्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । 
राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पद्म प्रसाद शर्माले सो कृतिको समीक्षा गर्नुभएको थियो।
समीक्षक शर्माले साहित्यकार घिमिरेको कृति साहित्यका हरेक दृष्टिकोणले उत्तम रहेको बताउनुभएको थियो । उहाँले लेखकलाई निरन्तर सिर्जना गर्न पनि आग्रह गर्नुभयो। 
देउखुरीको माटो कविता सङ्ग्रहको  लेखक घिमिरेले पुस्तक लेख्दाखेरिका अनुभवहरू सुनाउनुभएको थियो। 
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा समीर, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम ,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, विश्व साहित्य सङ्घ नेपाल दानका अध्यक्ष डा. कृष्णराज डिसी नेपाल पत्रकार केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार गोविन्द खड्का,  लगायत विभिन्न सङ्घसंस्थाबाट  गरिमामय उपस्थिति रहेको थियो। 
सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरू सन्ध्या रेग्मी, कृष्णा शर्मा, वसुन्धरा शर्मा, खगेश्वर शर्मा पोखरेल, गोपाल पोख्रेल, लोकमणि शर्मा ज्ञवाली, मधुसुदन गौतम, सुशीला आचार्य, महेशकुमार न्यौपाने, हरिप्रसाद पौडेल, धनसिंह गिरी, कुलबहादुर ओली, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, शरद गौतम, चन्द्रप्रकाश देवकोटा, नगेन्द्रकुमार शर्मा, सुनिल पोखरेल, केशवराज रिजाल, कपिल किशोर घिमि,रे वीणा रोका, विक्रम ओली नेपाली बाबु नारादप्रसाद भण्डारी, गोपाल भुसाल अभिनाषी दामोदर पौडेल, सुनिल कुमार देवकोटा, रिमा गौतम, पार्वती डाँगी, रामहरि शर्मा लगायतको गरिमामय उपस्थिति रहेको थियो। 
 परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो । संस्थाको तर्फबाट देउखुरीको माटो कविता सङ्ग्रहका लेखक शेषमणि शर्मा घिमिरेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने परिवारको तर्फबाट लेखकका भाइ पुरुषोत्तम शर्मा घिमिरेले उपस्थिति सबैमा धन्यवाद मन्तव्य राख्नुभएको थियो।