Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइँदै

२९ आइतबार , असार २०८२एक बर्ष अगाडि

भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइँदै

आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइँदैछ । आचार्यको २१२औँ जन्मजयन्ती अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाउन लागिएकाे हाे ।

नेपालकाे इतिहासमा पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको समेत मान्ने गरिएकाे पाइन्छ ।

विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा भन्ने गाउँमा जन्मिएका भानुभक्तलाई सामान्य परिवारमा जन्मिएका घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि भानुभक्तले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको समेत बताइएकाे छ ।

यसरी घाँसीबाट प्रेरित भएका भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान गरेका थिए । त्यस्तै ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो भने उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायतका कृतिहरू रहेका छन् ।

भानुभक्ताले कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेपछि सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का विरोधमा ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ लेखेका थिए ।

विसं १८७१ सालमा जन्मिएर १९२५ असोजमा उनकाे निधन भएकाे थियाे । एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान गरेका भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देशहरूमा समेत मनाउने गरेकाे पाइन्छ ।