Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दाङमा करणी अभियोगमा ३५ वर्षीय वली पक्राउ

२९ आइतबार , असार २०८२४ महिना अगाडि

दाङमा करणी अभियोगमा ३५ वर्षीय वली पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एकजना पक्राउ परेका छन् । करणी अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११, का ३५ वर्षीय वीर बहादुर वली पक्राउ परेका हुन् ।

वलीलाई ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार वलीलाई शनिबार दिउँसो पक्राउ गरेको बताइएको छ ।  

वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।