Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भिनाजुद्वारा सालीको गोली हानी हत्या

३० सोमबार , असार २०८२२ महिना अगाडि

भिनाजुद्वारा सालीको गोली हानी हत्या

सुनसरीमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–६, मा भिनाजुले सालीको गोली हानी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी अनुसार गएराति २ बजेकाे समयमा भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेको बताइएकाे छ । घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएकाेमा भिनाजुले गोली हान्नुको कारण भने नखुलेको प्रहरीकाे भनाइ रहेकाे छ ।

भारतको अररीया जिल्ला घर भएका भिनाजु राति राति आउने गरेको र हिजो पनि राति आएर गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जनाएका छन् । हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाको भनाइ छ ।

प्रहरीका अनुसार यसअघि पनि चोरी कार्यमा संलग्न रहेको आजात मियाँ आपराधिक पृष्ठभूमिको रहेको र हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएकाे छ ।