Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

महासंघद्वारा फेरि कडा आन्दोलन गर्ने चेतावनी

३० सोमबार , असार २०८२२ महिना अगाडि

महासंघद्वारा फेरि कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौँ केन्द्रित २९ दिन लामो आन्दोलन गरेको नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको गर्ने चेतावनी दिएको छ । महासंघले  विगतमा भएका सहमतिहअनुसार विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधान समावेश गर्न राज्य जिम्मेवार नभएको भन्दै फेरि आन्दोलनको गर्ने चेतावनी दिएको हो ।  

महासंघले एक विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमतिहअनुसार काम गर्न राज्य पक्ष कति पनि गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाएको छ । विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिहरूलाई बंग्याउने, तोडमोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना, शिक्षण पेशाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्ध अघि बढाउने प्रयत्न भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघिको आन्दोलन पश्चात सरकारसंग भएको सहमतिमा असार १५ सम्ममा विधेयक ल्याइसक्नुपर्ने भनिएको भएपनि असार सकिन लाग्दासम्म विधेयक समितिबाट पारित भएको छैन । अहिलेसम्म सहमति अनुसार काम नभएपछि महासंघले राज्य पक्ष शासकीय दम्भ र शिक्षाकर्मीप्रतिको आग्रह एवं हेपाहा प्रवृत्तिप्रति लिप्त रहेको समेत आरोप लगाएको छ ।

त्यसैगरी विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना नभएको निष्कर्षमा पुगेको महासंघले अब नयाँ र कडा आन्दोलन गर्ने अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।