Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पत्रकार महासंघका पूर्व उपाध्यक्षको मोटरसाइकल दुर्घटनामा निधन

३० सोमबार , असार २०८२२ महिना अगाडि

पत्रकार महासंघका पूर्व उपाध्यक्षको मोटरसाइकल दुर्घटनामा निधन

मोटरसाइकल दुर्घटनामा परि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को निधन भएको छ । बर्दियाको मधुवन नगरपालिका–८, गणेशचोक नजिक हुलाकी सडकमा मोटरसाइकल दुर्घटनामा परि उनको निधन भएको हो ।

सडकमा साइकल जोगाउने क्रममा भे १३ प ९३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका बस्याल सडकमा खस्दा गम्भीर घाइते र प्रारम्भिक उपचारपछि उनलाई नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक विष्णु पौडेलको बर्दिया अस्पतालमा उपचार भइरहेको बताइएको छ । बस्याल दुई कार्यकालसम्म नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष समेत भएका थिए । उनले बर्दिया र काठमाडौं दुबै स्थानबाट पत्रकारितासंगै रेडियो नेपाल लगायतका सञ्चार माध्यममा योगदान गरेका थिए ।