Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

अरनीको राजमार्ग चार दिनपछि संचालनमा

३० सोमबार , असार २०८२४ महिना अगाडि

अरनीको राजमार्ग चार दिनपछि संचालनमा

लगातारको वर्षाका कारण अबरुद्ध भएको अरनीको राजमार्ग अन्तर्गतको सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पर्ने ईको सडकखण्ड आजदेखि संचालनमा आएको छ । गत असार २६ गते बिहानको पहिरोले अवरुद्ध उक्त सडकखण्ड आजदेखि संचालनमा आएको हो ।

लगातारको वर्षाका कारण अबरुद्ध बनेको राजमार्ग चार दिनपछि सुचारु भएको हो । उक्त सडकखण्ड अवरुद्ध हुँदा यात्रु र तातोपानी नाकाक्षेत्रका सवारीसाधनहरूले ठूलो सास्ती खेप्दै आएका थिए ।

असार २६ गते बिहान ५ बजे कोदारी क्षेत्रमा पर्ने ईको खण्डमा वर्षासँगै माथिबाट आएको पहिरोले सडक अवरुद्ध बनेको थियो । आज चार दिनपछि पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ ।