Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप

३० सोमबार , असार २०८२२ महिना अगाडि

विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप

आज विद्यार्थीहरूले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले माइतीघर मण्डलामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रदर्शनमा उत्रिएकाहरू विद्यार्थीहरूलेलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि तनाव सुरु भएको र प्रहरीले केही विद्यार्थीहरूलाई भ्यानमा हालेको थियो । उनीहरूलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न खोज्दा घम्साघम्सी भएको बताइएको छ ।

अखिल क्रान्तिकारीले नि:शुल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आज बिहान माइतीघरमा प्रदर्शन गरेको थियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरू माइतीघरदेखि नयाँबानेश्वरसम्म पुग्ने योजना थियो ।

तर, विद्यार्थीको प्रदर्शनलाई प्रहरीले माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन सुरु गरेपछि अन्यले प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन् ।