
२०८२ असार ३१, काठमाडौं । नारी साहित्य संस्था गुञ्जनले यस वर्ष प्रदान गरिने "गुञ्जन जेष्ठ नागरिक सम्मान"बाट वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई सम्मान गर्ने निर्णय गरेको छ । यसैगरी "गुञ्जन साहित्य सम्मान"बाट सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ ।
यसरी नै "गुञ्जन त्रिवेणी पुरस्कार २०८१" वरिष्ठ साहित्यकार डा.बेन्जु शर्मालाई र "गुञ्जन प्रतिभा पुरस्कार" साहित्यकार मन्दिरा मधुश्रीलाई तथा "गुञ्जन मातृभाषा पुरस्कार २०८१" दनुवार भाषामा कलम चलाउने साहित्यकार सन्जा दनुवारलाई प्रदान गर्ने निर्णय गरेको छ । सि निर्णय गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा बसेको कार्यसमितिले गरेको हो । सो पुरस्कार र सम्मानहरू आगामी भदौ १५ गते गुञ्जनको २७ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिने जानकारी गुन्जनकी सचिव सन्ध्या पहाडीले बताउनु भएको छ ।