Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

गोधूलि साहित्य प्रतिष्ठानबाट दिवस अभिनन्दित, लेकाली सम्मानित

३१ मंगलबार , असार २०८२एक बर्ष अगाडि

गोधूलि साहित्य प्रतिष्ठानबाट दिवस अभिनन्दित, लेकाली सम्मानित

 काठमाडौं । गोधूलि साहित्य प्रतिष्ठानले आज वरिष्ठ साहित्यकार तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ र साहित्यकार राधेश्याम लेकालीलाई "गोधुलि साहित्य सम्मान २०८२" प्रदान गर्‍यो ।

 नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रममासाहित्यकारहरु गंगा पौडेल कर्माचार्य, श्रीराम राई, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, दीपसागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का, एन्जल्स वल्र्ड इन्टरनेशनल एकेडेमीलाई पनि सम्मान गरिएको थियो 

संस्थाकी सदस्य पशुपति गुरुङको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले लेखकले आफ्ना सिर्जनाको प्रचार गर्नु पर्छ भन्नु भयो । कार्यक्रममा साहित्यकार गोपीकृष्ण प्रसाई र कवि प्रल्हाद पोखरेलले आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्नु भयो ।

 ‘गोधूलि भानु काव्योत्सव’मा कविहरु विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, राजु उपरकोटी, द्वारिका कुइँकेल, घनबहादुर थापा, आशीष ऐडी, रोमा लम्साल, भगवती बस्नेत, ओमकृष्ण प्रसाई, प्रकाश समिर र रश्मि रिमाल आआफ्नो रचना वाचन गर्नु भयो । कार्यक्रमको सहजीकरण प्रकाश समिर र राजन नेउपानेले गर्नु भएको थियो ।