Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पहिराेका कारण बीपी राजमार्गकाे अवरुद्ध,खुलाउने प्रयास जारी

३१ मंगलबार , असार २०८२४ महिना अगाडि

पहिराेका कारण बीपी राजमार्गकाे अवरुद्ध,खुलाउने प्रयास जारी

गएरातिदेखि पहिराेले अवरुद्ध बीपी राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भइरहेको छ । पहिराेका कारण राजमार्गकाे तीन स्थानमा सडक अवरुद्ध भएपछि बिहानैदेखि खुलाउने प्रयास भइरहेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार राजमार्गमा पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको अहिले खुलाउने प्रयास भइरहेकाे बताइएकाे छ । बाढीले काभ्रेको रोशी गाउँपालिका-११, माम्तीस्थित सडक कटान गरी अवरुद्ध भएको छ भने रोशीकै वडा नम्वर-९, स्थित खहरे खोलाको लेदो आई गए रातिदेखि सडक अवरुद्ध भएको छ ।

त्यसैगरि सोही वडाको बिरुवाडाँडामा पनि खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको छ भने अहिले स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यसअघि यही असार २५ गते पनि मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियाे ।

बीपी राजमार्गअन्तर्गत राेशी क्षेत्रकाे खाेलामा लेदो सहितकाे बाढी आउँदा पटक पटक सडक अवरुद्ध हुने गरेकाे छ भने यही असार १६, २५ र २६ गते पनि सडक अवरुद्ध भएको थियो ।