Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंका भिड्दै

३१ मंगलबार , असार २०८२२ महिना अगाडि

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र श्रीलंका भिड्दै

आज २० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिना रंगशालामा प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

यसअघिकाे दुई खेलमा एक हार बेहोरेको नेपालले एकमा जित निकालेकाे थियाे । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले हराएकाे थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियाे ।

आज नेपालसँग प्रतिस्पर्धा गर्न लागेकाे श्रीलंकाले यसअघिकाे दुवै खेलमा हार व्यहाेरेकाे थियाे । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजित भएको थियो।

आगमी जुलाई २२ सम्म हुने प्रतियोगिता नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेका छन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ। हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुनेछ ।

अब नेपालले १७ जुलाईमा श्रीलंका, १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेकाे छ ।