
आजदेखि बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको बताइएको छ । जसअनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी रहेको छ ।
यसअघि कम्पनीले जेठ २२ गते हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेको थियो । जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सकिने बताइएको छ भने कम्पनीको हकप्रद शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
त्यसिगारी नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सकिने बताइएको छ ।