Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारी

०१ बुधबार , श्रावण २०८२एक बर्ष अगाडि

बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारी

असार ३१---उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिवाजी निर्माण सेवा बीच आज दुबै संस्थाहरू मिली स्नातक तहका विद्यार्थीहरूलाई बजारोन्मुख शिक्षा दिने सम्झौता भएको छ। देशमा वार्षिक हजारौं सिभिल इन्जिनियरहरू उत्पादन भएपनि कयौंसँग निर्माण व्यवसायीहरूलाई आवश्यक आधारभूत सिप अभाव हुँदा इन्जिनियरले काम नपाउँने र निर्माण व्यवसायीले इन्जिनियर नपाउँने समस्या आउने गरेको छ। उक्त समस्याको समाधान गर्न बजारोन्मुख शिक्षा दिन एभरेष्ट इन्जिनियरिङ कलेज र पशुपति शिवाजी निर्माण सेवाले हातेमालो गर्ने निर्णय गरी आजै दुबै संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्र अनुसार नेपालका निर्माण व्यवसायीहरूलाई आवश्यक सिप सहितका इन्जिनियरहरू उत्पादन गर्ने गरी कलेजको पाठ्यक्रममा क्रमिक परिमार्जन गर्ने, ननक्रेडिट कोर्स सञ्चालन गर्न सहकार्य गर्ने, सिपमूलक तालिम दिने, अन्तिम वर्षको प्रोजेक्टमा संयुक्त सुपरभिजन गर्ने, बजारको माग अनुसारका नयाँ इलेक्टिभ विषय थप गर्ने जस्ता बुँदाहरू राखिएका छन्। आजै पशुपति शिवाजी निर्माण सेवाका पदाधिकारीहरूले एभरेष्ट इन्जिनियरिङ कलेजका प्रयोगशालाहरूमा भएका नेपाल सरकारको गुणस्तर प्रमाणपत्र प्राप्त अत्याधुनिक सामग्रीहरू र कलेजको नयाँ पाँचतले अत्याधुनिक भवनको पनि अवलोकन गरेका थिए। समझदारी पत्रमा एभरेष्ट इन्जिनियरिङ कलेजको तर्फबाट कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र पशुपति शिवाजी निर्माण सेवाको तर्फबाट इन्जिनियर सुशील कडरियाले हस्ताक्षर गर्नुभयो। उक्त कार्यक्रममा कलेजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अरूण कुमार भण्डारी, सहायक प्राचार्य इन्जिनियर राजन लामा तथा विभागीय प्रमुखहरू रोमहर्ष ओली र मुकुन्द पौडेल तथा निर्माण सेवाको तर्फबाट वरिष्ठ आर्किटेक्ट रोजना जोशीको पनि उपस्थिति थियो।