Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पेट्रोलमा ५ डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घट्यो

०१ बुधबार , श्रावण २०८२४ महिना अगाडि

पेट्रोलमा ५ डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घट्यो

गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले  मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।

निगमले मूल्य घटाएसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४५ रुपैयाँ ५० पैसा, १ सय ४७ रुपैयाँ र १ सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ रुपैयाँ र १ सय ६० रुपैयाँ तोकिएको छ ।

इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।