Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बझाङको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी

०१ बुधबार , श्रावण २०८२२ महिना अगाडि

बझाङको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी

गएराति बझाङको बझाङको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । बझाङको केदारस्युँ गाउँपालिका-४, बागथला बजारस्थित होनैनाथ गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको हो ।

स्थानीय पुष्पराज भट्टले सञ्चालन गरेको उक्त गार्मेन्ट उद्योगमा गएराति १ बजेतिरको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाका अनुसार जस्तापाताले छाएको एकतले तीन कोठे कच्ची भवनमा सञ्चालित उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागी भएपछी प्रहरी र स्थानीयवासीको सहयोगमा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउन अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

राति विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको उक्त गार्मेन्ट उद्योगमा के कति क्षति भएको छ भन्ने विस्तृत विवरण आइ नसकेको प्रहरीको भनाइ रहेको छ ।