
बंलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई नेपालले ७–० को फराकिलो अन्तरले हराएको छ । गएराति बंलादेशको बसुन्धरा किङ्स एरिनामा वर्षाको कारण निर्धारित समयभन्दा डेढ घण्टा ढिला गरी सुरु भएको खेलमा नेपालले श्रीलंकालाई हराएको हो ।
नेपालले श्रीलंकालाई हराएसंगै दोस्रो जित हासिल गर्दै तीन खेलबाट नेपालले ६ अंक बनाएको छ । खेलको आठौं मिनेटमा मिनाले गोल गरेर नेपालको खाता खोलेको खेलमा १३ औं मिनेटमा समिक्षाले दोश्रो गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
खेलको ४२ औं मिनेटमा मिनाले तेस्रो गोल गर्दा नेपालले ३-० ले अगाडी बढेको थियो । पहिलो हाफको इन्ज्युरी टाइममा पूर्णिमा राईले दुई गोल गरेपछि नेपालले पहिलो हाफमा ५-० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा ७० औं मिनेट १ र इन्जुरी समयको पहिलो मिनेटमा १ गोल गरेर नेपालले ७-० को जित हासिल गरेको थियो । पहिलो हापमा ५ गोल गरेको नेपालले दोश्रो हापमा २ गोल गर्दा श्रेलंकाले कुनैपनि गोल गर्न सकेन ।
यसअघिको पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपालले दोस्रो खेलमा आयोजक बंलादेशसँग ३-२ ले पारजित भएको थियो ।