Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

०१ बुधबार , श्रावण २०८२२ महिना अगाडि

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

गएरातिको वर्षासंगैको पहिरोका कारण जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक अवरुद्ध बनेको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडकको उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त सडक पहिरोका कारण अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक आज बिहानैदेखि अवरुद्ध बनेको बताइएको छ । कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

अहिले उक्त अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जनाएका छन् । मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् ।

अहिले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भइरहेको छ भने ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले वर्षासँगै कालीगण्डकी नदीको बाहव बढेकाले तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन आग्रह समेत गरेको छ ।