Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उत्तर कोरिया र रुसको गाढा मित्रता

०२ बिहिबार , श्रावण २०८२२ महिना अगाडि

उत्तर कोरिया र रुसको गाढा मित्रता

उत्तर कोरियाद्वारा रुसलाई‘ बिना शर्त समर्थन’ जाहेर गरेको छ । उत्तर कोरियाका सर्वाैच्च नेता मार्शल किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई युक्रेन युद्धमा मस्कोलेचालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन् । थप सेनाको सहयोग पनि दिने भएका छन् । दुई देशबीच उच्च–स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणकालागि उत्तर कोरियामा थिए । उत्तर कोरियाले रुसको युक्रेनयुद्धका लागि सेना र हतियार उपलब्ध गराएको छ र मस्कोले द्वन्द्वमा प्रगति गर्न खोजिरहेकाले थप सैन्य सहयोगको प्रतिबद्धता जनाएको छ । सर्वोच्च नेता किमले लाभ्रोभसँग पूर्वी तटीयसहर वोनसानमा भेट गरेका थिए । त्यहाँ लाभ्रोभ र उनका उत्तर कोरियाली समकक्षी चो सोन हुईले आफ्नो दोस्रो रणनीतिक वार्ता गरेका थिए । उनीहरूले गत वर्ष हस्ताक्षर गरिएको साझेदारीसन्धि अन्तर्गत थप सहयोगको प्रतिबद्धता जनाए, जसमा पारस्परिक रक्षा सम्झौता पनि समावेश छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार, किमले लाभ्रोभलाई आमूल परिवर्तन भइरहेको विश्वव्यापी भूराजनीतिको प्रतिक्रियामा सहयोगीहरूले चालेका कदमहरूले विश्वभर शान्ति र सुरक्षा सुनिश्चित गर्न ठुलो सहयोग पुग्ने उल्लेख गरेका छन् ।