Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बामदेव र माकुनेको एकता

०२ बिहिबार , श्रावण २०८२२ महिना अगाडि

बामदेव र माकुनेको एकता

बामदेव गौतम नेकपा एस प्रवेश गरेका छन् । आफैमा भ्रष्टाचारका कारण नेतृत्वको संकटमा फसेका माधव कुमार नेपालले बामदेवलाई लिएर राजनीतिमा कुनै तात्वीक उपलब्धि हासिल गर्नसक्ने देखिदैन । प्रचण्ड र ओलीले बेवास्ता गरेका कारण नेकपा एस बामदेवका लागि सुस्ताउने चौतारी मात्र बनेको देखिन्छ ।
बामदेव कहिले च्यासलमा केपी ओलीसँग एक्लाएक्लै वार्ता, कहिले कोटेश्वरमा माधवकुमार नेपालसँग लम्बेतान संवादहरुकै सिलसिला टुंग्याउँदै गौतम नेकपा एसमा बास माग्न पुगेका देखिन्छन् ।
कुनै बेला माधव नेपाल एमालेको प्रमुख रहेका बेला पार्टी नै विभाजन गरेका गौतम अन्ततः २८ वर्षपछि उनकै शरणमा पुगेका छन् ।
गौतम र एकीकृत समाजवादीका अध्यक्ष नेपालले २७ असारमा संयुक्त वक्तव्य मार्फत पार्टीएकता गर्ने निर्णय गरेका हुन् । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई एकीकृत समाजवादीमा समाहित गर्न लागिएको हो । गौतमको पार्टीको अस्तित्व प्रभावशाली देखिदैन । गौतमले तेस्रो वरीयता पाएका छन् । पार्टी नै खुम्चिदै गएका बेलामा यो बरियताको कति अर्थ रहला ?
एमालेमा फर्कन नपाए खेतीपाती गरेर बस्ने बताएका गौतम नेकपा स मा खेतीपाती गर्लान् कि राजनीति ?