Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

चलचित्र अटिजम अब यु ट्युबमा

०२ बिहिबार , श्रावण २०८२४ महिना अगाडि

चलचित्र अटिजम अब यु ट्युबमा

रिच  भिजन सिनेम्याक्स स्टुडियोको तर्फबाट साहित्यिक पत्रकार, कपन बानेश्वर साहित्यक साप्ताहिकका प्रकाशक सम्पादक - निबन्ध आचार्यको प्रस्तुति रहेको सन्देशमुलक साहित्यप्रदान चलचित्र अटिजम अब यु ट्युब च्यानलबाट प्रशारण हुने भएको छ ।

कपन बानेश्वर साहित्यिक साप्ताहिकको तेह्रौं वार्षिकोत्सबको अवसर पारेर साउन ५ गते सोमबार २ बजे kapan baneshwor sahityik  च्यानलबाट सार्वजनिक हुने चलचित्र अटिजमका सह निर्देशक साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागरले जानकारी दिनुभयो । चलचित्रमा विक्रम श्रेष्ठ सागरको अलावा साहित्यकारहरु गङ्गा पौडेल , प्राडा रामप्रसाद ज्ञवाली,शङ्कर भारती,वेदमणी घिमिरे, विष्णुबहादुर सिंह , प्रभा श्रेष्ठ ,रामकुमार पण्डित , सुशीला पौडेल , पुण्यराज पुडासैनी , राजबाबु श्रेष्ठ सागर, विजय कट्टेल, माधवलाल श्रेष्ठ , दिवाकर शाह लगायतको अभिनय रहेको छ ।

 कथा र निर्माण स् निबन्ध आचार्य ,सङ्गीतर निर्देशन स्केशव सान्दाइ,पटकथार सम्बादस् विक्रम श्रेष्ठ सागर, नृत्यस्दीपक तामाङ , छायांकन स्तिलक गौतम रहेको चलचित्र अटिजममा सुशील पोखरेल,शुष्मा कार्की, प्रतीक शर्मा, सृष्टि आचार्य, करुणा पोखरेल, मिठुकृष्ण श्रेष्ठ , पुष्कर जङ्गम, सौरव ढकाल, श्रद्धा कोइराला र अटिजम भएका सम्मान आचार्य सहित पचास भन्दा बढी नयाँ पुराना कलाकारहरुको अभिनय रहेको छ ।अटिजमको सामान्य जानकारीका साथै युवाहरुको बिदेश पलायनलाई मुख्य बस्तु बनाएर निर्माण गरिएको चलचित्र अटिजम आफ्नै च्यानलबाट प्रशारण गरिएको हुदा सब्स्क्राइब गरिदिनुहुन सबै दर्शकलाई निर्देशक सान्दाइले आग्रह गर्नुभएको छ ।