
आज साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले दाेश्राे पटक श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशमा जारि प्रतियाेगितामा नेपालले दाेश्राे पटक श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेके हाे ।
यसअघिकाे पहिलाे खेलमा नेपालले ७–० काे फराकिलाे जित हासिल गरेकाे थियाे भने आज फेरि श्रीलंकासँग दोस्रो खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुने बताइएकाे छ ।
बंगलादेशमा जारी प्रतियोगितामा नेपाल,श्रीलंका,भुटान र आयाेजक बंगलादेश गरि ४ राष्ट्र सहभागि छन् । हालसम्म नेपालले खेलेका ३ खेलमा मध्य २ खेलमा श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो भने बंगलादेशसँग नेपाल ३-२ गोल अन्तरले पराजित हुन पुगेकाे थियाे ।
त्यसैगरि श्रीलंकाले लगातार तेस्रो हार बेहोरेको छ । डबल राउण्ड रोबिनका आधारमा भइरहेको खेलमा हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने टोली विजेता हुने छ । नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।