Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बीपी राजमार्गको काभ्रे-खण्ड एक महिना बन्द

०२ बिहिबार , श्रावण २०८२एक बर्ष अगाडि

बीपी राजमार्गको काभ्रे-खण्ड एक महिना बन्द

बीपी राजमार्गअन्तर्गतको काभ्रे-सडक खण्डमा एक महिनाका लागि राति गाडी चलाउन रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रे-खण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सीमाना नेपालथोकसम्म साउन १ गतेदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले मनसुनको बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिएका छन् ।

उक्त अवधिमा काठमाडौँबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौ भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताइएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार तत्कालका लागि यात्रुबाहक र निजी गाडीलाई रोकिएको तर आकस्मिक र मालबाहक गाडीको हकमा नियम लागू नहुने जनाइएको छ ।

गतवर्ष असोजमा आएको बाढी-पहिरोले बीपी राजमार्गअन्तर्गतको ६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो भने क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया समेत अघि बढाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।