Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

०२ बिहिबार , श्रावण २०८२२ महिना अगाडि

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

आज कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सरकारले साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । वि.सं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको र सोहि अनुसार सार्वजनिक बिदा दिइएको बताइएको छ ।

त्यसैगरी माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्त्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ । 

साउने सङ्क्रान्ति पर्वको दिन आफ्नो घरको छतमा सल्लाको तेलयूक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधि अनुसार लुतोको रूपमा फाल्ने प्रचलन रहेको पाइन्छ ।