
गत असार २४ गते नेपाल-चीन सिमामा आएको बाढीले पुल बगाएपछि अलपत्र परेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । वाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको हो ।
गएको असार २४ गतेको ल्हेन्दे खोलाको आएको वाढीले मितेरी पुल बगाएको थियो । बाढीले पुल बगाएपछि अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक गरी ९१ जना, कामको सिलसिलामा त्यहाँ रहेका १ सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका १ हजार २०० जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताइएको छ । अहिले त्यहाँ रहेका नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ ।
नेपाल-चीन सीमाबाट करिब ३५ किलोमिटरमाथि तिब्बती क्षेत्रमा अवस्थित प्यूरेपू हिमनदीमा रहेको सुप्राग्लेसियल ताल फुटेर बाढि आउदा बाढीमा परी बेपत्ता भएका २० जना बेपत्ता भएका थिए भने करोडौंको क्षेती भएको थियो ।