Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध

०२ बिहिबार , श्रावण २०८२४ महिना अगाडि

साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध

महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान समेत रहेकी साम्बा उक्त फुटबल क्लबमा अनुबन्ध भएकी हुन् ।

यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट खेल्दै आएकी साम्बा सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटनमा अनुबन्ध भएकी हुन् । उनले सामाजिक सन्जालमार्फत ग्वेंगाम्पबाट अलग भएको बताएकी हुन् ।

साम्बाले फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट यसअघि २ सिजन बिताएकी थिइन् । फ्रान्सअघि साम्बाले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी हुन् ।