Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

देशव्यापी शैक्षिक हडताल,अधिकांश शैक्षिक संस्था बन्द

०३ शुक्रबार , श्रावण २०८२२ महिना अगाडि

देशव्यापी शैक्षिक हडताल,अधिकांश शैक्षिक संस्था बन्द

नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले आव्हान गरेकाे शैक्षिक हडतालका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् । अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय लगायतका माग राखेर शैक्षिक हडताल आव्हान गरेकाे हाे । 

राजधानी काठमाडौंका धेरै जसो विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिर पनि धेरै विद्यालयले बिदा दिएपछि अध्ययन प्रभावित बनेको बताइएकाे छ । 

यता उनिहरूले संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको भन्दै आफुहरु आन्दोलनमा रहेको बताएका छन् ।

आज देशव्यापी शैक्षिक हडतालको आव्हान गरेको अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न  शैक्षिक हडताल आव्हान गरेकाे बताइएकाे छ ।

त्यसैगरि स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य लगायता मुद्धा अगाडी सारेकाे छ ।