Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

कोशी,बागमती,गण्डकी र कर्णालीमा भारी वर्षाकाे सम्भावना

०३ शुक्रबार , श्रावण २०८२४ महिना अगाडि

कोशी,बागमती,गण्डकी र कर्णालीमा भारी वर्षाकाे सम्भावना

आज कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । त्यसैगरि देशभर आंशिकदेखि साधारणतया बदली रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहितका केही पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशभर आंशिकदेखि साधारणतया बदली रहने बताइएकाे छ ।