Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कर नबुझाउने १ सय २२ करदाता कारबाहीमा

०३ शुक्रबार , श्रावण २०८२८ महिना अगाडि

कर नबुझाउने १ सय २२ करदाता कारबाहीमा

लामो समयदेखि कर नबुझाउने १ सय २२ करदाता कारबाहीमा परेका छन् । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १ सय २२ करदातालाई कारबाही गर्न लागेको हो ।

उनीहरुले लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाएको कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले जनाएका छन् । उनीहरुलाई अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी समेत दीइएको छ ।

अहिले कर नबुझाउनेहरूको अभिलेख तयार भएको बताउदै कार्यालयका प्रमुख सुवेदीले नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेके समेत उल्लेख गरेका छन् ।