Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति

०३ शुक्रबार , श्रावण २०८२२ महिना अगाडि

तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति

मनाङ जिल्लामा पर्ने पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ । हिमालपारिको जिल्लाको नामले परिचित मनाङ जिल्ला र समुन्द्री सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको उक्त तिलिचो ताल क्षेत्रमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रले ३९० वाटको सौर्य प्यानल राखी तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरेको बताइएको छ । वितरण केन्द्र प्रमुख राजु महतोले केही दिनदेखि सौर्य प्यानल व्यवस्था गरी तिलिचो तालमा बिजुली बालिएको बताएका छन् ।

अहिले बिजुली पुगेपछि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको केन्द्र प्रमुख महतोले उल्लेख गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प) सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ ।

तालको आधार शिविर (बेस क्याम्प) मा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको हो । उक्त बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नु पर्ने र ताल वरिपरि बस्ती नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति व्यवस्था गरिएको महतोको भनाइ रहेको छ ।